कुमारी बैंकको सेयर बिक्रीमा

१ महिना अगाडि

काठमाडौं - कुमारी बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७२१ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले एक सूचना मार्फत जानकारी गराएको छ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ। संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया