बयान दिएर श्रीलंका उडे विनोद चौधरी

१ महिना अगाडि

काठमाडौं – सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका विवादास्पद उद्योगी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सिआइबीको रोहबरमा बयान दिएका छन् ।  बयान दिए लगत्तै उनी श्रीलंकातर्फ उडेका छन् ।  

चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । दिउँसो २ बजे श्रीलंकन एयरको युएल १८२ उडानमा उनी कोलम्बो प्रस्थान गरेको बताइएको छ । 

चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ । तर, आज बयान दिएर फर्किएपछि उनले उक्त आरोप अस्वीकार गर्दै अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरे । यसैबीच उनीविरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने टुङ्गोमा पुग्न केही समय लाग्ने काठमाण्डू जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखले बताएका छन्।
 

१ महिना अगाडि

प्रतिक्रिया