आइतबार परेको विश्व क्षयरोग दिवस आज मनाइँदै

१ महिना अगाडि

काठमाडौँ - हरेक वर्ष मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष भने मार्च २२ मनाइँदै छ ।

मार्च २३ मा शनिबार र २४ आइतबार होली पर्वको सार्वजनिक बिदा परेकाले मार्च २२ (चैत ९)गते मनाइन लागिएको हो । हरेक वर्ष जनचेतनाका लागि यो दिवस मनाइँदै आएको छ । यो वर्ष 'हो १ हामी क्षयरोग अन्त्य गर्छौ '  भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका डा. नवीन प्रसाद शाहीले जानकारी दिए । नेपालमा पछिल्लो पटक ३७ हजार ४४७ जनामा  क्षयरोग देखिएको छ । क्षयरोग अन्त्यको लागि देशव्यापी रूपमा ' क्षयरोग मुक्त नेपाल अभियानु सुरुवात भएको छ । यो अभियानमा १२५ स्थानीय तहमा क्षयरोग पहिचान, निदान र उपचार सेवा दिइँदै आएको छ । यो अभियानलाई ७५३ स्थानीय तहमा पुर्‍याउने लक्ष्य केन्द्रले राखेको छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया