सेयर बजारमा गिरावट, अन्य उपसुचक कस्तो ?

१ महिना अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार १५.३७ अंकले घटेर २०४८ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, बोटलर्स नेपाल (बालाजु) को ९.४६ प्रतिशत, गुर्खाज फाइनान्सको ७.६१ प्रतिशत, गुराँस लघुवित्तको ५.४५ प्रतिशत र लक्ष्मी लघुवित्तको ५.१४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

आज सबैभन्दा बढी माछापुच्छ्रे बैंकको प्रमोटर सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको २७ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन शिभम् सिमेन्टको १४ करोड २८ लाख ८० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १२ करोड ७३ लाख ७३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागोका कम्पनीहरु
उक्त दिन धौलागिरी लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, किसान लघुवित्तको ९.९१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ९.२३ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ४.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया