सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

१ महिना अगाडि

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024) को अवसरमा  बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यहि मिति २०८० चैत्र ७ र ८ गते क्रमश श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री  मल्पि   इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा  वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

२०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराईयो । साथै सहभागि विद्यार्थीहरुको  वित्तीय बजार र  धितोपत्र बजार  सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरियो । २०८० चैत्र ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौ मा द्यद्यब् डतज सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र  वित्तीय बजार, धितोपत्र बजारमा केन्दी«त हाजिरी जवाफ प्रतियोगिता QuickQuizMania-Global Moneyweek2024 आयोजना गरियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ  । 

१ महिना अगाडि

प्रतिक्रिया