रूपन्देहीमा बीमा कम्पनी स्थापना

१ महिना अगाडि

 काठमाडौँ - रूपन्देहीमा मुख्य कार्यालय राखेर ट्रष्ट माइक्रोइन्स्योरेन्स कम्पनीले सेवा सुरू गरेको छ।

गत फागुन २७ गतेदेखि निर्जीवन बीमा सुरू गरेको कम्पनीले औपचारिक सेवा भने शुक्रबारदेखि गर्ने जनाएको छ।बुटवलका उद्यमी जगत बहादुर पोखरेलको नेतृत्वमा बुटवल आसपास ७१ जना व्यवसायीहरू मिलेर तिलोत्तमा नगरपालिका वडा नं। २ जानकीनगरमा माइक्रोइन्स्योरेन्स कम्पनी स्थापना गरेका हुन्।कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले बुटवल लगायत आसपासको क्षेत्रलाई मुख्य सुरूआती थलो बनाएर स्थापना गरिएको कम्पनीले देशका विभिन्न २८ वटा स्थानमा शाखा स्थापनाको लागि स्वीकृति प्राप्त गरिसकेको र निकट भविष्यमै शाखा कार्यालयहरूबाट समेत सेवा सञ्चालन गरिने जानकारी दिए।

बीमा कम्पनीका अध्यक्ष पोखरेलले नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गतेदेखि कारोबार सुरू गर्नका लागि स्वीकृति प्राप्त गरी सेवा सञ्चालन गरिएको जानकारी दिए।पोखरेलका अनुसार कम्पनीको कूल चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको छ।मध्यम वर्गका नेपाली र साना तथा मझौला व्यवसायीलाई बीमाको मूल धारमा ल्याउने र व्यक्तिको जीवनसँगै उनीहरूको सम्पत्तिमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानि, नोक्सानी, तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए।
 

१ महिना अगाडि

प्रतिक्रिया