केजरीवाल पक्राउको रहष्य के हो ?

शुक्रबार, ०९ चैत्र २०८०, १३ : ४८

काठमाडौं– भारतीय राजनीतिमा भ्रष्टाचार बिरुद्धको अभियान चलाएर स्थापित भएका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको घटनालाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बडो महत्वका साथ सम्प्रेषण गरिरहेका छन् । तर  उनको पार्टि आमआदमी भने यो घटनाको बिरोधमा सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएको छ ।

मुख्यमन्त्री केजरीवाललाई भारतीय राजश्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा घोटाला प्रकरणमा उनलाई गएराति निवासबाट पक्राउ गरेको थियो ।

पक्राउ गर्नुअघि  केजरीवाललाई दुई घण्टा सोधपुछ गरिएको थियो । त्यसपछि ईडीले उनलाई पक्राउ गरेको जनाइएको छ । आम आदमी पार्टीले उनको पक्राउ विरुद्धआज देशव्यापी विरोध प्रदर्शनको आह्वान गरिसकेको छ । 

भारतमा लोकसभाको निर्वाचन घोषणा गरेपछि केजरीवाल पक्राउ परेका छन् । उनीमाथि मदिरा घोटाला प्रकरणमा एक अर्ब भारतीय रुपैयाँ भ्रष्टाचारको आरोप लगाइएको छ । केजरीवाल पक्राउको घटनालाई घटनालाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ ।

शुक्रबार, ०९ चैत्र २०८०, १३ : ४८

प्रतिक्रिया