रिभर फल्स पावरले हकप्रद सेयर जारी गर्दै

१ महिना अगाडि

काठमाडौं - रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १ः१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट सहमति लिई आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । हकप्रदबाट प्राप्त रकमले यस कम्पनीले बैंक ऋण भुक्तानी गर्ने जनाएको छ । हाल यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ बराबर रहेको छ । हकप्रद पछि यसको पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । 

१ महिना अगाडि

प्रतिक्रिया