काठमाडौं। कमेडी च्याम्पियनका सञ्चालक समेत रहेका निर्देशक विशाल भण्डारी सहितको टीम सवारी दुर्घटनामा परेका छन् । हिजोरातीको समयमा भण्डारी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।
बिहान करिब ३ बजे भण्डारी सहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा जगातिमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्।
हस्पिटल प्रशाशनको अनुसार सुशानको अवस्था केही गम्भीर रहेको छ भने विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ । दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए ।
दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको प्रहरी स्रोतको भनाई छ । हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया