लम्बियो वर्षा , यस वर्षको होलीमा झरि पर्ने मौषमविद्को जानकारी

१ महिना अगाडि

काठमाडौँ । यति बेला काठमाडौँ उपत्यका सहित देशभरका अधिकांश भूभागमा झरी परेको छ । बेमौसमी झरीको कारण जाडो बढ्नाले जनजीवन प्रभावित भएको छ । 

आइतबारका दिन होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झा ले दिएको जानकारी अनुसार विशेष गरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा सोमबारसम्मै पानी पर्ने सम्भावना छ।

 केही बेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको मौसमविद् झाको भनाई छ । आइतबार पहाडी भेगमा र पर्सि सोमवार तराई भेगमा होली अर्थात् फागु पूर्णिमा मनाईँदैछ । 

 काठमाण्डौसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ । आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसमविद् झाले जानकारी दिएका छन्। मध्य र पूर्वी भेगमा गएको बुधवारदेखि वर्षा र बदली भइरहेको हो। 

१ महिना अगाडि

प्रतिक्रिया