काठमाडौं - विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको महानगरपालिका- १४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका- ३ बेही पुल नजिक बस्ने २६ वर्षीय सदाम अंसारी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । भोजपुरको साल्पासिलिचो गाउँपालिका- ३ चौकीडाँडा छौसा बस्ने ३७ वर्षीया सन्दिरा राई पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी कैलालीको मोहन्याल गाउँपालिका- ३ सांघुरे खोलामा सुर्खेत चौकुने गाउँपालिका- ३ घर भएका ४२ वर्षीय भक्त बहादुर राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । धनकुटाको धनकुटा नगरपालिका- ७ श्रीवानी बस्ने २४ वर्षीय सुरेश तामाङ पनि सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैबीच सल्यानको शारदा नगरपालिका- १ शान्तिनगरस्थित शारदा खोलामा दाङ तुल्सिपुर उपमहानगरपालिका- १८ बस्ने ५९ वर्षीय दल बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया