भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध लम्बियो, अब कहिले सम्म त ?

१ महिना अगाडि

काठमाडौँ- भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्बिएको छ । भारत सरकारले यही मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा रोक लगाएको थियो । तर, उक्त म्याद नसकिँदै अनिश्चितकालका लागि प्रतिवन्ध लम्ब्याएको हो ।

भारतमा नजिकिँदै गरेको चुनाव लक्षित गरि आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले निर्यात प्रतिवन्ध लम्बाइएको हो । भारत तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठुलो निर्यातकर्ता मानिन्छ । भारतले अन्य देशमा लगाइएको प्रतिवन्ध लम्बाइएपछि आयात गर्ने नेपाल लगायतका मुलुकहरुमा भने मूल्य बढ्ने अनुमान गरिएको छ ।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढी घटिसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यस सिजनको उत्पादन भित्र्याउने समय पनि भएका कारण भारतीय व्यापारीहरुले निर्यात प्रतिबन्ध हट्ने अनुमान गरेका थिए । तर, सरकारले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्म प्रतिबन्ध कायमै रहने जनाएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया