मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

१ महिना अगाडि

काठमाडौँ - तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत् उत्पादन ठुलो परिमाणमा घटेको छ । 

 वैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकोले हिउँ धेरै पग्लिने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने केन्द्रले जनाएको छ  । सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता हुन्छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ। यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

यस वर्ष लामो समयसम्म पानी नपरेकोले ठुलो परिमाणमा उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिए । सूख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा आधा भन्दा धेरै मेगावाट घटेको गौतमले बताए । ६९ मेगावाट क्षमताको केन्द्रले हाल ३९ मेगावाट घटेर ३० मेगावाट मात्रै उत्पादन भएको गौतमले जानकारी दिए ।धेरै लामो समयसम्म पानी नपर्दा धेरै सुख्खा भएकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन घटेको उनले बताए । हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमले बताए ।

१ महिना अगाडि

प्रतिक्रिया