युद्धग्रस्त क्षेत्रमा किन पठाइंदैछ नेपाली कामदार ?

१ महिना अगाडि

 काठमाडौं– युद्धग्रस्त इजरायलमा नेपाली कामदार पठाउने सरकारको योजनाले थप संसय पैदा भएको छ । हमास र इजरायलबीच गाजा क्षेत्रमा जारी युद्धमा ३२ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भएको छ भने इजरायतर्फको क्षति पूर्ण रुपमा बाहिर आउन सकेको छैन । युद्धग्रस्त गाजाबाट २० लाख प्यालेस्टाइन नागरिक विस्थापित भएका छन् । यस्तो भयावह अवस्था रहेको इजरायलमा किन कामदार पठाउन खोजेको हो , बुझिनसक्नुछ । आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

उनको खोजतलासको लागि सरकारी पहलकद्मी कमजोर रहेको छ । जोशीका आफन्तहरुले सरकारसँग सहयोगको याचाना गरिरहेको अवस्थामा रवि लामिछाने नेतृत्वको रास्वापाले श्रम मन्त्रालय लिएपछि इजरायलमा जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर (वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार) मा पठाउन लागेको छ ।

विदेशबाट फर्कने १०० जना नेपालीलाई रोजगारी दिने महत्वाकांक्षी भाषण गरेर जनतालाई गुमराहमा राखेको लामिछनेकै पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल नेतृत्वको श्रम मन्त्रालयसँग इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गरेपछि असुरक्षित रहेको युद्धग्रस्त मुलुकमा कामदार पठाउन नेपाल तयार भएको छ ।

ऋम मन्त्रालयले २५२ जनालाई इजरायल पठाउनका लागि चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइसकेको छ । अहिले युद्ध चलिरहेकाले त्यहाँ नेपालीहरू सुरक्षित छैनन भन्ने थाहा हुँदाहुँदै सरकार आफैले नेपालीहरूलाई पठाउन लागिरहेको छ ।


नेपालसँग इजरायलको २०१५ मा  श्रम सम्झौता भएको थियो । सम्झौता भए पनि नेपाली कामदार इजरायल जान पाएका थिएनन् । त्यतिबेला बिजनेज टु बिजनेसबाट मुस्किलले सय जना जति मात्र जान पाएका थिए । नेपालसँगको श्रम सम्झौतापछि इजरायलले पहिलो चरणमा केयरगिभरमा कामदार लैजाने भए पनि विस्तारै कृषि, उद्योगलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने इच्छा देखाएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव २०७९÷८० मा एक हजार ८४ जना कामदार इजरायल पुगेकामा ७८५ जना महिला रहेका छन् । त्यस्तै गत वर्ष २०७८÷७९ मा ५९८ जना युवामा ४१५ जना महिला सरकारको प्रावधान पु¥याएर इजरायल गएको विभागको तथ्यांकले देखाएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया