उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

१ महिना अगाडि

काठमाडौं – मध्यपश्चिम तथा सदूर पश्चिम विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै यसअघि स्थगित दुवै विश्वविद्यालयको दरखास्तसम्बन्धी प्रक्रिया पुनः शुरु गरेको जानकारी दिएको छ । 

‘उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको मिति २०८०(११(०६ गतेको निर्णयानुसार दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरिएकोमा समितिको मिति २०८०(१२(१२ गतेको निर्णयबाट उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिइएको छ,’ सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेभित्र कार्यालय समयभित्र दरखास्त दिन भनिएको छ । त्यस्तै, यसअघि गत माघ २५ गते प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरुलाई कार्यविधिबमोजिमको प्रक्रियामा समावेश गरिने समेत जनाइएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया