कोरियामा बढ्यो नेपाली कामदारको कोटा

१ महिना अगाडि

काठमाण्डौ–  दक्षिण कोरियाले नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको छ । यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष करिब १८,००० कामदार जान पाउने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउएका छन् । 

करिब १५,००० युवा युवतीहरू भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन् । जसमध्य सबैभन्दा धेरै कृषिमा करिब ९,००० छन् भने पानीजहाज बनाउने काममा जान बाँकी करिब ३,९०० र उत्पादन क्षेत्रमा १,८०० देखि २,००० को हाराहारीमा जान बाँकी रहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया