मानगरको जिल्ला प्रहरीलाई पत्राचार

१ महिना अगाडि

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले चक्रपथ विस्तारका क्रममा कलंकीदेखि वसुन्धरासम्म राखिएका सूचना बोर्डहरू हराएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँलाई आवश्यक कारबाहीको व्यवस्था मिलाइदिन पत्राचार गरेको  छ । 

महानगरपालिकाको तर्फबाट महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मंगलबार चोर पक्राउ गर्न आग्रह गर्दै प्रहरीलाई पत्राचार गरेका हुन् ।  जनगुनासोको व्यवस्थापन गर्न तथा उक्त चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधा समेतलाई सम्बोधन गर्ने उद्देश्यले कलकी देखि वसुन्धरासम्मका नौ स्थानहरूमा महानगरपालिकाले जनतालाई सुसूचित गर्ने उद्देश्यले सूचना बोर्ड राखिए पनि अहिले नभएको उनले बताएका छन् । ‘सो बोर्डहरू हाल उक्त स्थानहरूमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानबिन अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारवाही गरी दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ’, पाण्डेको पत्रमा उल्लेख छ  । यस अघि काठमाडौं चक्रपथ सुधार योजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरलाई निर्देशन दिएको थियो । स्वीकृतिबिना सडक सीमाभित्र राखिएको होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन गत चैत २ गते सूचना प्रकाशन गरेर योजनाले निर्देशन दिएको थियो । सोही द्वन्द्व अहिले प्रहरीमा उजुरबाजुरसम्मको अवस्थामा पुगेको बताइएको छ । 

430418875_1074852173740753_5428624709329724734_n

१ महिना अगाडि

प्रतिक्रिया