लम्बियो वर्षा: तीन दिनसम्म चट्याङसहित सामान्य वर्षाको सम्भावना

१ महिना अगाडि

काठमाडौँ । काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङसहित हल्का वर्षा हुने जनाएको छ ।

महाशाखाले आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । त्यस्तै विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।

“हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोसी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ,” “यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

१ महिना अगाडि

प्रतिक्रिया