भन्सार छली सुन ल्याएको आरोपमा दुईजना पक्राउ

१ महिना अगाडि

काठमाडौं - रसुवाको केरुङ नाकाहुँदै भन्सार छली काठमाडौं सुन ल्याएको  आरोपमा दुईजना पक्राउ  परेका  छन्। 

पक्राउ पर्नेमा २६ वर्षीय सुदिप विक र ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । उनीहरूको साथबाट भन्सार छलेर ल्याएको १२८ दशमलव ७ ग्राम सुन बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नकुल पोखरेलले जानकारी दिए। दुवैजनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले  जनाएको छ।

१ महिना अगाडि

प्रतिक्रिया