सुनकोशीमा बेपत्ता दुईको शव फेला

१ महिना अगाडि

काठमाडौँ - होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् ।

उनीहरु आईतवारदेखि हराएका थिए ।जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो ।रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए । अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया