साहित्यकार दधिराज सुवेदीको निधन

१ महिना अगाडि

 काठमाडौँ - वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा आज बुधबार बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन   भएको छ । 

२००३ मा भोजपुरको दिङ्लामा जन्मिएका उनी क्यान्सर रोगबाट पीडित थिए । नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको भएर काम गरेका थिए । उनका एक दर्जन कृति प्रकाशित छन् । साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा  लागेका थिए । उनका ‘साधनाको अ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, भिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘नेपाली साहित्यका मुस्कानहरू’लगायत कृति लोकप्रिय रहेका  छन् । सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया