५ जना मृतावस्थामा फेला

१ महिना अगाडि

काठमाडौं -आज देशका  भिन्न भिन्न  स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका- १३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका- ९ ईटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा सोही भट्टामा काम गर्ने रोल्पा परिवर्तन गाउँपालिका- ४ घर भएका ४० वर्षीय मन बहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।  यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- १२ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका- २ घर भएकी ३८ वर्षीया सरिता श्रेष्ठ पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।  लमजुङको मध्यनेपाल नगरपालिका- ७ भाटबेसी बस्ने ४९ वर्षीय प्रकाश पराजुली पनि सोही ठाउँस्थित केरा घारीमा र मृत अवस्थामा फेला परेका छन् । कार्यालयले चितवनको भरतपुर महानगरपालिका- १ देवघाटस्थित त्रिपुरेश्वर मन्दिरको प्यासेजमा समेत अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेको जानकारी दिएको छ । 
 
 

१ महिना अगाडि

प्रतिक्रिया