आर्थिक कारोबारमा किर्ते गर्ने प्रदेश सांसदविरुद्ध मुद्दा

६ बर्ष अगाडि

कपिलवस्तु — प्रदेश ५ की सांसद सुष्मा यादवविरुद्ध किर्ते हस्ताक्षरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ, कान्तिपुरमा खबर छ  ।
मायादेवी गाउँपालिका १ सेमराका सञ्जय तिवारीले सांसद यादव र स्थानीय राजेश कलवारविरुद्ध चेकमा किर्ते हस्ताक्षर गरेको आरोपमा गत पुस १२ मा मुद्दा दर्ता गरेका थिए । यादव माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सांसद हुन् ।

मायादेवी गाउँपालिका १ बर्रोहिया–पचेहरा सडक ग्राभेल गर्न गठित उपभोक्ता समितिको आफू कोषाध्यक्ष हुँदा कुनै जानकारी नदिई अध्यक्ष रहेका कलवार र सचिव यादवको मिलेमतोमा रकम हिनामिना गरेको तिवारीको आरोप छ । आर्थिक वर्ष ०७३/७४ मा सडक स्तरोन्नति गर्न जिविसबाट ६ लाख उपभोक्ता समितिको खातामा भुक्तानी भएको थियो । दुवैजना मिलेर आफ्नो किर्ते दस्तखत गरी अन्तिम किस्ताबापतको ७२ हजार रुपैयाँ झिकेको तिवारीको आरोप छ । ‘मैले जिम्मा लिएर काम गराएँ, काम गरेकाहरू पैसा माग्न आउँछन् । मेरो किर्ते दस्तखत गरेर उनीहरूले पैसा झिकिसके,’ उनलेभने। ०७४ असार २१ गते राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट अध्यक्ष कलवारको नाममा ७२ हजार झिकेको देखिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ जनाको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी समितिको नाममा खाता खोलिएको थियो । पहिला २/३ पटक दस्तखत गरे पनि पछि थाहै नदिएर रकम झिकेको तिवारीको दाबी छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया