पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

४ हप्ता अगाडि

काठमाडौँ - दैलेखको भैरवी गाउँपालिका- ३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । 

छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो। यता धनुषाको जनकपुर उपमहानगरपालिका- ४ स्थित गङ्गा सागर पोखरीमा डुबेर महोत्तरी एकडाँडा गाउँपालिका- ३ घर भइ हाल सोही उपमहानगरपालिका- ८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झाको बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया