देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने : मौसमविद्

४ हप्ता अगाडि

काठमाडौँ -पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
 
विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो । 

मौसमविद् झा भन्छन्, ‘अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।’ 

४ हप्ता अगाडि

प्रतिक्रिया