दाङमा खैरो हेरोइन सहित एक महिला पक्राउ

४ हप्ता अगाडि

काठमाडौं– लागु औषध कारोबारमा महिलाहरु पक्राउ पर्ने क्रम केही समय यता बढ्न थालेको छ । बुधबार दाङमा लागू औषध खैरो हेरोइन सहित एक महिला पक्राउ परेको प्रहरी बताएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ निवासी रोल्पाको माडी गाउँपालिका ४ घर भएकी २१ बर्सिया निर्जला घर्ती मगर रहेको  जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
निर्जलालाई घोराही उपमहानगरपालिका(१४ नयाबसपार्कस्थित सडकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया