कर्णालीमा हाम फालेका लोकेन्द्रको शव भेटियो

४ हप्ता अगाडि

काठमाडौं - कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

 सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका- ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव   बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए । सोमबार दिउँसो कर्णाली पुलबाट १७ जना युवाले पालैपालो नदीमा हाम फालेका थिए । जोसमा नदिमा हाम फालेका १७ जना मध्ये १६ जना बल्लतल्ल बाँचेर नदीबाट निस्किएका थिए तर ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । बेपत्ता लोकेन्द्रको शव ४ दिनपछि भेटिएको हो । लोकेन्द्रसँगै नदीमा हाम फालेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया