आइतबारदेखि क्रमशः मौसममा सुधार हुने

४ हप्ता अगाडि

काठमाडौँ- केही दिन यता हल्का वर्षा सहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बंगालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी देशको पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय भएको बताए।

“हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ,” उनले भने, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ।” महाशाखाका अनुसार आगामी २४ घन्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ।

 

४ हप्ता अगाडि

प्रतिक्रिया