पेस्तोल सहित एक युवा पक्राउ

४ हप्ता अगाडि

काठमाडौँ - काठमाडौँ प्रहरीले  कपनबाट एक व्यक्तिलाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ । 

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणका लागि अभियान चलाएको प्रहरी टोलीले सरस्वती नगरबाट २८ वर्षिय प्रशान्त लिम्बुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद गतिविधि गरेको सुचनाको आधारमा ताप्लेजुङ फुङलिङ स्थायी ठेगाना भएका लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बुको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाइल बरामद  गरीएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया