पेटमा कोकिनको क्याप्सुल : प्रहरी नै चकित

४ हप्ता अगाडि

काठमाडौँ – लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहको तस्करी गर्ने तरिका देखेर प्रहरी  नै आश्चर्यचकित भएको छ ।   पक्राउ परेका ब्राजिलियन नागरिकहरूले कोकिन राखिएको क्याप्सुल निल्ने र पेटमा राखेर नेपालसम्म तस्करी गर्ने गरेको खुलेको छ । 

लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोसले यसरी कुल १ केजी ४५५ ग्राम कोकिन तस्करी गरेको पाइएको लागु  जानकारी दिए । 

‘अनुसन्धानको क्रममा निजहरू दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाइ छिपाइ गरी नेपाल ल्याएको खुल्न आएको छ’, उनले भने । 


उनीहरुले चैत १३ गते काठमाडौँको ठमेलको  एक होटेलमा सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा  थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट  कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो । यस्तै नेपाल प्रहरी अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट अरु ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी बरामद भएको कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर भएको बताइएको छ  

 दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू अन्तर्राष्ट्रिय लागूऔषध तस्करीमा आबद्ध गिरोहका सदस्यहरू भएको प्रहरीको दाबी छ ।  

४ हप्ता अगाडि

प्रतिक्रिया