विशेष अदालतमा अबदेखि अनलाइन बहस सुरु

४ हप्ता अगाडि

काठमाडौं - सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ गर्ने भएको छ । बिहीबार परीक्षणको रुपमा सुरु अदालतले अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ गरेको थियो । नियमित सुनुवाइ भने आइतबारदेखि अगाडि बढ्नेछ ।

 बिहीबार विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहस सुरु हुँदा  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । सोही दिन सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइनबाटै बहस गरेका थिए भने त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरेका हुन् ।

यस व्यवस्थाले विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता टरेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।

४ हप्ता अगाडि

प्रतिक्रिया