बजेट मस्यौदा लेखन समिति गठन

४ हप्ता अगाडि

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् ।

 सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएको हो । आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार गठन भएको मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।  शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् । समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ छ । 

४ हप्ता अगाडि

प्रतिक्रिया