बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

४ हप्ता अगाडि

काठमाडौँ - बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि आवेदन माग गरेको छ ।

फाउन्डेसनका अनुसार २०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रशारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्री पुरस्कारका लागि योग्य मानिनेछन्  फाउन्डेसनका अनुसार प्रथमले १५ लाख, दोस्रोले ७ लाख र तेस्रो हुनेले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  पुरस्कारको घोषणा आउँदो २१ वैशाखमा गरिनेछ । प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशि २५ लाख रुपैयाँको रहेको छ । 

४ हप्ता अगाडि

प्रतिक्रिया