त्रिशुली नदीमा ट्याक्सी खस्दा घटनास्थलमै पाँच जनाको मृत्यु

४ हप्ता अगाडि

काठमाडौं- त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ जना महिला २ पुरुष छन्।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना ५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुलीमा नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्रिशुलीमा खसेको ट्याक्सीबाट पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। ट्याक्सीमा पाँच  जना सवार थिए।उनीहरूको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ।

४ हप्ता अगाडि

प्रतिक्रिया