मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु

आइतबार, १८ चैत्र २०८०, ०९ : २६

काठमाडौं- काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

(हिजो) शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । 

आइतबार, १८ चैत्र २०८०, ०९ : २६

प्रतिक्रिया