महालेखा परीक्षकमा तोयम राया

आइतबार, १८ चैत्र २०८०, ११ : ०७

 काठमाडौं- महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।


 

आइतबार, १८ चैत्र २०८०, ११ : ०७

प्रतिक्रिया