ट्याक्सी चालकलाई लुटपाट

आइतबार, १८ चैत्र २०८०, १३ : ०४

काठमाडौँ - काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका- ६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बुढानीलकण्ठ नगरपालिका- २ बस्ने ३४ वर्षीय राजु गुरुङ छन् । उनीहरुले चैत १३ मा कपन दुर्गा मन्दिर नजिक बा.२ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेका हुन् । ट्याक्सी चालकसँग भएको मोबाइल, नगद १८ हजार र ब्लूबुक र ल्यापटप उनीहरुले लुटेर भागको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीहरूलाई बसुन्धाराबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

आइतबार, १८ चैत्र २०८०, १३ : ०४

प्रतिक्रिया