बसको ठक्करबाट एक जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - विगु गाउँपालिका– ३ बुलुङमा  बसको ठक्करबाट ७४ वर्षेकी  महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ ।

 प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको ठक्कर उनको घटनास्थलमै मृत्यु भएको  छ । विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।  कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय चालक  नारायण बुढाथोकीलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा  राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया