बारामा २ जना पक्राउ

३ हप्ता अगाडि

काठमाडौँ - १३ लाख  हुण्डी रकमसहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका- १ बरियारपुरका रमेश कुशवाहा र पर्सा पोखरीया नगरपालिका- १ बनकटवाका हरिकिशोर पटेल रहेको प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार पटेल भारतबाट मोटरसाइकलमा हुण्डीको रकम लिएर आउँदै गर्दा पक्राउ परेका थिए। उनलाई प्रहरीले सीमावर्ती गाउँ मुसहर्वाबाट सोमबार पक्राउ गरेको हो । उनको साथबाट १३ लाख ५० हजार हुण्डी रकम बरामद भएको उनले जनाए। पक्राउ पश्चात् बयानका क्रममा पटेलले सो रकम कुशवाहाको भएको बताएका थिए। सोही अनुसार अनुसन्धानका क्रममा कुशवाहालाई पनि नियन्त्रणमा लिइएको काफ्लेले सुनाए।

काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा कुसवाहाले रेमिटेन्स छल्न ती रकम भारतमा गैर बैंककिङ प्रक्रियाबाट मगाउने गरेको र भारतबाट सो रकम हुण्डी मार्फत नेपाल मगाउने गरेको खुल्न आएको छ। अनुसन्धानको क्रममा पक्राउ परेका कुशवाहाले बरियारपुरमा संचालन गरेको आर के मनी चेन्जरबाट विगत दुई दिनको अन्तरालमा आठ करोड ३५ लाख रकमको लेनदेन भएको खुल्न आएको छ। उक्त रकम काँहाबाट कुन माध्यमले आएको भन्नेबारे थप अनुसन्धान समेत सुरु भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।

३ हप्ता अगाडि

प्रतिक्रिया