काठमाडौँ। चैत २९ गतेदेखि रिडी पावरले ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दै छ। कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ।
कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ। यसअघि कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। उक्त अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो।
लिलामी सेयरमा मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौँ,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर लगायतको शहरबाट आवेदन दिन सकिने छ।
प्रतिक्रिया