क्लिनिकले पायो आफ्नो पहिलो तीन आईभीएफ केसहरूमा सफलता

१ महिना अगाडि

काठमाडौं । इन्दिरा आईभीएफले एक महत्त्वपूर्ण कोसेढुंगाका रूपमा तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ। दम्पतीहरूको धैर्य र इन्दिरा आईभीएफका अनुभवी टोलीको समर्पणको मर्म बोकेका यी कथाहरू विशेष अनि प्रेरणादायी छन्।

पहिलो केसमा, एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण रहेको तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दागर्दै पनि सान्त्वना र मार्गदर्शनको खोजीमा इन्दिरा आईभीएफमा आइपुगेकी थिइन्। प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि(मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो।

दोस्रो केसमा, एक ४२ वर्षीया महिलाले रजोनिवृत्ति र एएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्ष गर्दै आएकि थिइन्। आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिकमा आइपुगेकी थिइन्। विगतका निराशाहरूको बावजुद उनको मातृत्वको यात्राले इन्दिरा आईभीएफमा पुगेर एक आशाजनक मोड लिएको थियो।

त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियो जसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्या रहेको थियो। केहि असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री अनुसार उनको श्रीमानमा पनि शुक्राणु संख्या कम हुने एजुस्पर्मियाको समस्या थियो। यसले पनि उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको थियो। उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो। यी चुनौतीहरूका बावजुद क्लिनिकबाट प्राप्त सहायताले उनीहरूको आशा पनि जीवित रहन पुगेको थियो।

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा.नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीहरूले लामो समयदेखि भोगिरहेको भावनात्मक र शारीरिक कष्टलाई विचार गरेर ती दम्पतीका लागि उनीहरूको विशिष्ट चिकित्सा पृष्ठभूमि अनुरूप नै पर्सनालाइज्ड आईभीएफ योजनाहरू प्रदान गरेका थिए।

‘यी सफल केसहरू टिमवर्कका परिणाम हुन्। हामी यी सफल दम्पतीहरूको खुसीमा साथै छौं र उनीहरूको अभिभावकत्वको सपना पूरा गर्न समर्पित हाम्रो अनुभवी टोलीप्रति मलाई गर्व छ। यस्ता कथाहरूले हामीलाई अत्यन्त करुणा र विशेषज्ञताका साथ उन्नत प्रजनन उपचारहरू जारी राख्न थप उत्प्रेरित गर्दछ,’ डा। नेहा होमागाईले बताइन्।

२७०० भन्दा बढी व्यक्तीहरूको समर्पित टोलीको साथ भारतमा १३० भन्दा बढी केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले भारतमा प्रत्येक वर्ष ४०,००० भन्दा ज्यादा प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्छ। अत्याधुनिक प्रजनन समाधानहरू प्रदान गर्न सधैं अग्रसर इन्दिरा आईभीएफ देशका आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्न अटल समर्पणका साथ नेपालमा प्रवेश गरेको छ।

केन्द्रका सबै डाक्टरहरूले भारतमा अवस्थित इन्दिरा फर्टिलिटी एकेडेमीबाट बृहत् प्रशिक्षण अनुभव लिएका छन्। उनीहरु बाँझोपनको सबैभन्दा जटिल केसहरू ह्यान्डल गर्न तयार छन् भने प्रजनन हेरचाहमा नवीनतम प्रविधिहरू संचालन गर्न पनि माहिर छन्।

‘आजको द्रुतगतिको संसारमा प्रजनन क्षमता धेरै कारकहरूद्वारा प्रभावित हुन सक्छ जसमा उच्च स्तरको तनाव, अस्वस्थ जीवनशैली, ढिलो विवाह र थप अन्य कुराहरू समावेश छन्। यद्यपि यी चुनौतीहरूको बीचमा बाँझोपनलाई चिकित्सा अवस्थाको रूपमा पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। समयमै समस्याको पहिचान गरी आईभीएफ जस्ता सटीक उपचारद्वारा हामी दम्पतीहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्ने आशा प्रदान गर्न सक्छौं।’कन्सल्ट्यान्ट स्त्रीरोग विशेषज्ञ र इन्दिरा आईभीएफकि आईभीएफ विशेषज्ञ डा। मनिषा आचार्यले थपिन्।

इन्दिरा आईभीएफले हालसालै पुष्टि गरेका सकारात्मक गर्भावस्थाका केसहरू एउटा कोसेढुंगाको रूपमा अंकित छ जसले जटिल प्रजनन अवस्थाहरूको व्यवस्थापन गर्न क्लिनिकको विशेषज्ञता र आमाबाबुको सपना साकार पार्ने अटल प्रतिबद्धतालाई थप बलियो बनाउँछ। टेक्नोलोजी९संचालित क्लिनिकको रूपमा इन्दिरा आईभीएफ उपचारहरूको सुरक्षा, शुद्धता र दक्षता बढाउन ‘क्लोज्ड वर्किङ चेम्बर टेक्नोलोजी’ जस्ता अत्याधुनिक प्रविधिहरूलाई एकीकृत गर्दै आईभीएफ उपचारमा नवप्रवर्तनको प्रयोग गर्न अग्रसर छ।

क्लिनिक आशा गर्दछ कि यी सफलताका कथाहरूले बाँझोपनका चुनौतीहरूको सामना गरिरहेका अन्य धेरै दम्पतीहरूलाई पनि प्रेरित गर्नेछ र उनीहरूलाई विशेषज्ञ चिकित्सा मार्गदर्शन र दृढ संकल्पले नै अभिभावकत्वको सपना वास्तविकतामा परिणत हुन सक्छ भन्ने कुरा बुझ्न समेत मद्दत गर्नेछ।

१ महिना अगाडि

प्रतिक्रिया