धनगढीमा एक प्रहरी जवानरुखमा झुन्डिएको अवस्था मृत फेला

विहीबार, २२ चैत्र २०८०, ०९ : १६

काठमाडौँ । धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरज विक मृत फेला परेका हुन्।

प्रहरी जवान विक बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा जामुनको रुखमा झुन्डिएको अवस्था मृत फेला परेका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विहीबार, २२ चैत्र २०८०, ०९ : १६

प्रतिक्रिया