गायक राई सहित अन्य तीनलाई प्रहरीले 'सम्झाई बुझाइ' गरेर छोड्यो

विहीबार, २२ चैत्र २०८०, १२ : २७

काठमाडौँ - मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राई सहित अन्य तीन जनालाई प्रहरीले सम्झाई बुझाइ गरेर छोडेको छ।

राईसहित तीन जनालाई बिहीबार बिहान ११ बजेतिर छाडिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। राईसहित तीन जनालाई नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो। राईसहित पक्राउ परेका अन्य तीन जनालाई समेत सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाएको डीएसपी बुढाथोकीले जानकारी दिएका हुन। 

विहीबार, २२ चैत्र २०८०, १२ : २७

प्रतिक्रिया