माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

विहीबार, २२ चैत्र २०८०, १३ : २१

काठमाडौँ जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । मंगलबार दिउँसो घर पोत्नका लागि माटो खन्नेक्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको आज बिहान मृत्यु भएको उनले जानकारी दिए । 

विहीबार, २२ चैत्र २०८०, १३ : २१

प्रतिक्रिया