पूर्व पर्यटन मन्त्री शाही सहीत ३० जना विरुद्ध भ्रष्टाचार मुद्दा

विहीबार, २२ चैत्र २०८०, १४ : १९

 काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री एवम कांग्रेस नेता जीवनबहादुर शाही सहित ३० जना विरुद्ध नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा मुद्धा दर्ताका लािग फाइल पठाएको छ । 

अख्तियारले ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको हो। प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आज बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको स्रोतले बताएको छ।

अख्तियारले यो खरिद प्रकरणमा नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाउँदै फाइल विशेष अदालतमा पठाएको छ।
 

विहीबार, २२ चैत्र २०८०, १४ : १९

प्रतिक्रिया