राजेश पायल राई र साङबुङ राईबीच सम्बन्ध बिच्छेद

विहीबार, २२ चैत्र २०८०, १८ : २५

काठमाडौं - गायक राजेश पायल राई र पत्नी साङबुङ राईबीच सम्बन्ध बिच्छेद गरेका छन्।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले राजेश र साङबुङबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । राजेश पायलले नक्सालमा रहेको करिब ५ करोड बराबरको मूल्य पर्ने घर र ५० लाख नगद दिएर साङबुङलाई दिएर सम्बन्ध बिच्छेद गरेका हुन् । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् ।यसै गरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने लगायतको सहमति भएको छ ।

विहीबार, २२ चैत्र २०८०, १८ : २५

प्रतिक्रिया