बालिकालाई जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

शुक्रबार, २३ चैत्र २०८०, १२ : ३६

काठमाडौँ - १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका- २ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई  प्रहरीले पक्राउ गरेको छ । 

परियारले ती बालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

शुक्रबार, २३ चैत्र २०८०, १२ : ३६

प्रतिक्रिया