सन्दीपको मुद्दामा के आदेश भयो ?

शुक्रबार, २३ चैत्र २०८०, १५ : ५०

काठमाडौं– बहुसंख्यक मानिसहरुको चासो रहेको प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ।

 पाटन उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले शुक्रबार मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो । 


सन्दीपको पक्षमा बहस गरेका कानुन व्यवसायी सरोजकृष्ण श्रेष्ठले पत्रकारहरुलाई भने, कतिपय मुद्दाहरूमा उच्च अदालतले मुद्दा हेर्न आवश्यकता छैन भनेर नहेर्न पनि मिल्छ र मुद्दा त्यहीबाट टुङ्गिन्छ। तर यो मुद्दामा अदालतले झगडिया झिकाउन भनेपछि यो मुद्दा सुरु भएको छ। झगडिया झिकाउन भनेको अदालतले यो मुद्दा स्वीकार गर्यो भन्नु हो। योसँगै अब अदालतमा मुद्दाको ‘पुनरावलोकन’ को ढोका खुलेको छ।ु

श्रेष्ठले अब जिल्ला अदालतको मुद्दाको पुनरावलोकनको बहस औपचारिक रुपमा उच्च अदालतमा सुरु भएको बताए।

मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ।

 

शुक्रबार, २३ चैत्र २०८०, १५ : ५०

प्रतिक्रिया