लागु औषधसहित भारतीय कारोबारी पक्राउ

शुक्रबार, २३ चैत्र २०८०, १७ : ५८

काठमाडौँ - सशस्त्र प्रहरीले ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय कारोबारीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत बालुवाडीका २३ वर्षीय राहुल मण्डल रहेको छन् । झापा गाउँपालिका–१ सितुमारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट खटिएको मोबाइल गस्ती टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा बीआर ३७ एन ५८११ नम्बरको भारतीय मोटरसाइकलमा सवार मण्डललाई शंका लागि चेकजाँच गर्दा ४८ दशमलव ५५० ग्राम ब्राउन सुगर फेला परेको  सूचना अधिकारी कटुवालले बताए ।  उनको साथबाट एउटा मोबाइल र भारतीय रुपैयाँ २ सय १०० रुपैयाँ समेत बरामद गरिएको छ। भारतबाट नेपालतर्फ ब्राउन सुगर पुर्याउन गइरहेको अवस्थामा सशस्त्रले उनलाई पक्राउ गर्न सफल भएको हो। 


 

शुक्रबार, २३ चैत्र २०८०, १७ : ५८

प्रतिक्रिया