सोफा उद्योगमा आगलागी

शनिबार, २४ चैत्र २०८०, १३ : १८

काठमाडौँ - ललितपुरको हात्तीवनस्थित एक सोफा उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार शनिबार बिहान हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आगलागी भएको थियो। आगलागीमा परी एक जनाको मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। एसपी सुवेदीका अनुसार, मृतकको पहिचान हुन सकेको छैन । आगलागीको कारण खुलेको छैन। प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहिएको आशङ्का गरिएको सुवेदीले बताए । सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिइसकेका छन्। उद्योगमा रहेका सोफा तथा कच्चापदार्थ जलेर नष्ट भएका छन्। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै एसपी सुवेदीले बताए।
 

शनिबार, २४ चैत्र २०८०, १३ : १८

प्रतिक्रिया